• साउन ४, २०८१, शुक्रवार Friday, 19 July, 2024

‘भेन्टिलेटर’ सरकारीलाई सित्तैमा, निजीलाई दैनिक ३ हजार


‘भेन्टिलेटर’ सरकारीलाई सित्तैमा, निजीलाई दैनिक ३ हजार

आश्विन–१०,२०७७

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले देशव्यापी रुपमा चैत्र ११ गतेदेखि लकडाउन घोषणा ग¥यो । चाईनाबाट शुरु भएको कोभिड–१९ ले नेपालमा पनि ठुलै प्रभावपार्न सक्ने स्वास्थ क्षेत्रका विज्ञहरुले अनुमान गरेका थिए । त्यहिबेलादेखि विशेषज्ञ तथा जनस्वास्थ्यविद्ले नेपालमा कोरोना भाइरस संक्रमणका गम्भीर बिरामी बढ्दै गए आईसीयू र भेन्टिलेटरको अभाव हुनसक्ने भन्दै राज्यलाई सचेत गराउन थालिसकेका थिए ।

यसैविच कोरोनाभाइरस महामारीसँगै पछिल्लो समय प्लाज्मा ब्याङ्कको अवधारणा सुनिँदै गर्दा पाँच जनाको एउटा समूहले नेपालमा ’भेन्टिलेटर ब्याङ्क’ स्थापना गर्ने सोच राख्दै अघि बढे र नेपाल भेन्टिलेटर सर्भिसेज नामक संस्थापनि दर्ता गराए ।

कुनैपनि बिरामीले भेन्टिलेटरकै अभावमा ज्यान गुमाउन नपरोस् भनेर नेपाल भेन्टिलेटर सर्भिसेज संस्था खोलेको संस्थापक मध्येका एक डा.विशाल ढकालले बताए ।
वैशाखको मध्यतिर गैरनाफामूलक संस्थाको रूपमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको नेपाल भेन्टिलेटर सर्भिसेजले यथास्थितिमा फिर्ता लिनेगरी अस्पतालहरूलाई भेन्टिलेटर उपलब्ध गराउँदै आएको अर्का संस्थापक तथा नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

सरकारीलाई निःशुल्क, निजीलाई सशुल्क

“सरकारी अस्पतालले उक्त संस्थाबाट निशुल्क भेन्टिलेटर पाउँछन । त्यतिमात्र नभएर ओसारपसार लगायतका खर्चपनि अरुनै कुनै संस्थाले बेहोरिदिन्छन् । निजी अस्पतालले भने एउटाको दैनिक तीन हजार रुपैयाँ भाडा तिरेर भेन्टिलेटर पाउँने गरेको संस्थाले जनाएको छ ।
“निजी अस्पतालले भेन्टिलेटर प्रयोग गरेबापत एउटा बिरामीबाट दैनिक ८÷९ हजार रुपैयाँ लिने गरेकोमा हामीले तीन हजारमा उपलब्ध गराउँदा चार हजारसम्ममा बिरामीले पाऊन् भनेर लागत खर्च उठ्ने गरी दिने गरेका छौँ, सदस्य खनालले बताए ।

अहिले सम्म नेपाल भेन्टिलेटर सर्भिसेजले काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल, वीरगञ्जको नारायणी अस्पताल, जनकपुरस्थित जनकपुर अस्पातल र नेपालगञ्जको भेरी अस्पताल लगायतलाई गरी करिब ३० वटा भेन्टिलेटर असोज पहिलो हप्तासम्ममा उपलब्ध गराइसकेको छ । सात प्रदेशमध्ये पाँच प्रदेशका अस्पतालमा आफूहरूले भेन्टिलेटर उपलब्ध गराएको उनी बताउँछन् ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भने, “देशभरि हाल ९३० वटा भेन्टिलेटर र २,६०० आईसीयू बेड छन् । लकडाउन अघि ७७१ वटा भेन्टिलेटर १,५५१ वटा आईसीयू बेड थिए ।“ –विविसीमा आधारित

  • प्रकाशित मिति : असोज १०, २०७७, शनिवार ०४:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८