आश्विन–९,२०७७
नवलपुर । माथिबाट झरेको पहिरोका कारण बस पल्टिदा नवलपुरमा १ जनाको मृत्यु भएको छ । विहिवार दिउँसो साँढे ४ बजेतिर नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका २ बिश्वकर्मा मन्दिर नजिक पूर्व पश्चिम राजमार्गमा पहिरो खसेको थियो ।
पहिरोले पूर्व बाट पश्चिम तर्फ जादै गरेको ना ५ ख ७९४० नम्बरको बस ३० फिट तल झरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उक्त बसमा सवार १८ जना यात्रुलाई स्थानिय र प्रहरीले उद्दार गरेका थिए । ती मध्ये ७ जना घाईतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाईएको थियो ।
उपचाररत रुकुम (पश्चिम) आठबिसकोट गाउँपालिका १० बस्ने बर्ष अन्दाजी २५ वर्षीय हरिषचन्द्र के.सी.लाई विहिवार राति ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुमा सल्यान श्रीनगर गाउँपालिका बस्ने बर्ष २७ कि प्रतिभा खड्का, सोही ठाउँका बर्ष अन्दाजी १० को प्रज्ञान बस्नेत, बर्ष अन्दाजी १६ कि खुमा बुढाथोकी,सिमखर्क गाउँपालिका ७ बस्ने बर्ष ३५ को लोक बहादुर बस्नेत, रुकुम मुसिकोट गाउँपालिका १ बस्ने बर्ष ३० को रमेश खड्का, सोही ठाउँका बाफिकोट गाउँपालिका ४ बस्ने बर्ष २७ कि शिवा पुनको सामान्य अवस्थामा उपचार भइरहेको छ । अन्य ११ जना सामान्य रहेकोले गन्तब्य तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८