• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन –९ ,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर ९,१० र १५ का बर्ष २५,४१ र १४ का ३ पुरुष ,कालिका २ का बर्ष ५३ का १ पुरुष ,गैडाकोट १ का ३४ बर्षका १ पुरुष र दाङका २६ बर्षकि १ महिला समेत गरि ६ जना रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाबहरु आशा अस्पताल , पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको थियो ।

बुधबार र बिहिवार परिक्षण गरिएका १०० वटा नमूना मध्ये ९४ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ६ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : असोज ९, २०७७, शुक्रवार ०१:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८