आश्विन–८,२०७७
स्याङ्जा । तिन दिनदेखि अबिरल परेको बर्षाका कारण स्याङ्जामा पहिरो जाँदा नौ जना पुरिएका छन् ।
वालिङ नगरपालिका १४ स्थित माया परियारको घरलाई पहिरोले पुर्दा ९ जना घर भित्रै परेका हुन् । विहिवार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीयले जानकारी दिएका हुन ।
पहिरोमा पुरिएका एकै परिवारका १० जना मध्ये एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ भने एक जना महिलाको शव निकालिएको छ । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
अझै घर भित्रै ८ जना रहेको र दुई जनाको शरिरको केहिभाग देखिएको उद्धारमा खटिएका स्थानियले बताएका छन् । अहिले उक्त स्थानमा प्रहरी र स्थानीयबासीले मिलेर उद्धारको काम गरिरहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८