आश्विन–८,२०७७
चितवन । चिठ्ठा परेको भनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ जिल्ला विराटनगर ११ वस्ने वर्ष २७ का साहिल हुसेन अन्सारी र विराटनगर ९ वस्ने वर्ष २७ का कामेश्वर स्वर्णकार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुले सामाजिक सञ्जाल इमोमा रु.२५,००,०००।–(पच्चिस लाख) को चिठ्ठा परेको र रकम लिनका लागि राज्यलाई तिनुपर्ने कर रकम अग्रिम भुक्तान हुनुपर्ने भन्दै २ लाख ८० हजार ठगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । पटक पटक फोन गरी चिठ्ठा परेको विषयमा प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा चिठ्ठामा परेको रकम पठाउन नसक्ने भन्दै प्रलोभन र दवावमा पारी रकम ठगी गरेपछि चितवन कालिका ४ की एक महिलाले असोज ४ गते ईलाका प्रहरी कार्यालय रत्ननगरमा सुचना दिए पश्चात घट्नाको सुक्ष्म अनुसन्धान गरी प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
असोज ७ गते पक्राउ परेका उनीहरुविरुद्ध चितवन जिल्ला अदालतवाट पहिलो पटक दिन ७ को म्यादथप र्भइ अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रविन कार्कीले बताए । सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण जालमा नपर्न र केहि सुचना भए प्रहरीलाइ खबर गर्न पनि कार्कीले आग्रह गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८