आश्विन–८,२०७७
त्यसो त गुरु चन्दन कुमार श्रेष्ठ र चण्डी प्रसाद काफ्लेबाट सङ्गीत सिक्नेहरूको नेपालमा राम्रो प्रभाव रहेकै छ । यसै बिचमा गायक सञ्जीव कुमार पौडेलको गायन पनि त्यत्तिकै स्तरीय छ ।
उनको पृष्ठभूमि हेर्दा मधुर सङ्गीत भएका मेलोडीयस गीतमा सञ्जीव केन्द्रीकृत भएको अनुमान धेरैको हुन सक्छ । तर, संयोग नै मान्नु पर्छ उनले उत्कृष्ट गुरुहरूसँग सिकेर सङ्गीतको मल मर्मलाई बुझे । शास्त्रीय सङ्गीतका साथै मेलोडीयस गीतमा आफूलाई पोख्त राखे । साथै आफूलाई त्यत्तिकै भर्साइटल पनि बनाए । सानैमा बाबु किशोर पौडेलबाट सङ्गीतको प्रारम्भिक ज्ञान लिने अवसर पाएका उनी घरमै हार्मनीयम बजाउँदै गुनगुनाउँदै गर्थे ।
बि.स २०६० देखि गुरु चन्दन कुमारसँग र अहिले गुरु चण्डी प्रसादसँग सिकिरहेका छन् । उनको बुझाइ छ, “जीवनमा सिक्ने क्रमको अन्त्य हुँदैन ।” उनले यो सिकिरहने क्रमलाई अहिले पनि जारी नै राखेका छन् ।
नवलपरासीको दिब्यपुरी गाउँमा रहँदा सुरु भएको सङ्गीतसँगको उनको साइनोले धेरै आयामहरू फेरेको छ । बि.स २०५९ मै उनले दिवंगत राजा वीरेन्द्र प्रति समर्पित हुँदै गीत गाएका थिए । २०६० देखि शास्त्रीय सङ्गीत सिकेका उनी बिचको केही समय निष्क्रिय पनि रहे । फेरी सङ्गीतका फर्किएका उनले बि.स २०६३ मा पहिलो आधुनिक गीत रेकर्ड गराए । वि.स २०६७ मा रेडियो नेपालबाट स्वर परीक्षा पास भए । २०६८ मा पशुपति कला प्रतिष्ठानले आयोजना गरेको भजन गायन प्रतियोगितामा उप विजयी भए ।
२०७० मा अठोट एल्बम बजारमा ल्याए । उनकै बहिनी रेखा पौडेलले एल्बमका सबै गीतमा सङ्गीत भरेकी थिइन् । उनले ०७३ मा अतृप्त र ०७४ मा अस्तित्व एल्बम बजारमा ल्याए । समयले कोल्टे फेर्दै गए पछि भिजुएल सहित यु ट्युबमा अपलोड गर्ने प्रचलनले तीव्रता पायो ।
गीत सङ्गीतको यो अवधिमा उनले पनि थुप्रै आरोह अवरोह पार गरे । मुस्किलले धेरै कुरा मिलाएर गीत रेकर्ड गर्नु पर्ने ,एल्बमको होडबाजी देखि हाल आएर सञ्चार माध्यमको तीव्र विकासको समयसम्म उनले देखे । लगभग ५ दर्जन भन्दा बढी गीत गाए । लोकगीत, भजन, आधुनिक गीत,फिल्मी गीत र शास्त्रीय सङ्गीतसम्म उनले अनुभव गरे । यस अर्थमा उनी भर्साइटल पनि भए ।
खगेन्द्र दाहालले रचना गरेको ‘कैयौँ सपना’बोलको गीत श्रोतामाझ कर्णप्रीय बनेपछि उनि झन चर्चामा आए । यो कैयौँ सपना नै एउटा यस्तो गीत हो, जसलाई सुन्ने जो कोहीले पनि मन पराउँछ । सुनी रहूँ जस्तो लाग्ने यो गीत सुने पछि सबैले उनलाई राम्रो कला साधकको रूपमा स्विकार्ने नै छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८