आश्विन–८,२०७७
चितवन । कोरोना भाईरस नेपालमा अत्यधिक बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ ।
बुधवार बिहान बसेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमका बैठकले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले बताएका छन् ।
‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो ।’
गौतमका अनुसार यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस मन्त्रालयले सरकारलाई गरेको छ ।
हाल सम्म १७ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् । यदि कुनै दिन २५ हजारसम्म सक्रिय संक्रमित पुगेमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८