• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

आज १११५४ को परिक्षण गर्दा १३५६ संक्रमित थपिए

  • संबाददाता

आज १११५४ को परिक्षण गर्दा १३५६ संक्रमित थपिए

आश्विन–६,२०७७

चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १५४ नमुनाको परिक्षण गर्दा १ हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४५९ महिला र ८९७ पुरुष गरि १३५६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार १४२ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ८ हजार ९४९ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८२३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४८ हजार ६१ पुगेको छ । यो ७२.१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा १ महिला र १ जना पुरुष गरि मृत्यु हुनेको संख्या २ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ४२९ पुग्यो ।

  • प्रकाशित मिति : असोज ६, २०७७, मंगलवार १०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८