आश्विन– ६,२०७७
काठमाडौं । नेपालमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रियस्तरमा बजार विस्तारका लागि हिमाल अंकित टेड्रमार्क कार्यान्वयनमा ल्याइएको छ । व्यवसायीले आ–आफ्नै तवरमा चिया निर्यात गर्दा एकातिर गुणस्तर सुनिश्चित हुन सकेको थिएन भने अर्कोतिर नेपाली चियाको पहिचान नै थिएन । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको स्तरबारे प्रश्न उठेपछि गुणस्तर सुनिश्चित गरी ब्राण्डिङ गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।
यसले अब निर्यात बढ्ने र बजारीकरणमा पनि सहयोग पुग्ने अपेक्षा व्यवसायीहरूको छ । नेपाली ट्रेडमार्क प्रयोग गर्न ४२ वटा व्यावसायिक कम्पनीले राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा नमुना बुझाएका छन् ।
नेपालको अर्थोडक्स चिया अहिले अमेरिका, जापान लगायत विकसित मुलुकसम्म पुग्छ । दक्षिण कोरिया र युरोपेली मुलुकमा पनि नेपाली चियाको माग रहेको व्यवसायी बताउँछन् । बजार हिस्सा भने नगण्य रहेको छ ।
बोर्डका अनुसार वार्षिक साढे दुई करोड किलो चिया उत्पादन हुन्छ भने निर्यात चार अर्ब रुपैयाँबराबरको हुन्छ । ब्राडिङ नभएकाले नै व्यवसायीले बजारीकरणको समस्या झेलिरहेका छन् । धेरै नेपाली चिया भारतीय ब्रान्डमा विदेशी बजारमा पुग्छ ।–वर्णन
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८