आश्विन–६,२०७७
३२ रनमा पछिल्लो आठ विकेट गुमाए पछि सनराइजर्स हैदराबाद आइपिएलको सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग १० रनले पराजित भएको छ । १६४ रनको लक्ष्य पछ्याएको हैदरावाद कुनै समय दुई विकेटको क्षतिमा १२१ रनको अवस्थामा भए पनि दुई बल रहदै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो ।
हैदरावादको पारी समाप्त गर्ने क्रममा लेग स्पीजर युजभेन्द्र चावलको भुमिका महत्वपूर्ण रहेको थियो । चावलको बलमा छक्का प्रहार गर्न खोज्दा जोनी वारिस्ट आउट भए भने विजय शंकर पहिलो बलमै बोल्ड भए । वारिस्टले ४३ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६१ रन प्रहार गरे । चावलले यस अघि मनीस पाण्डेको विकेटलीदै प्रारम्भीक साझेदारी तोडेका थिए । अभिशेक शर्मा रसिद खानसंग जुधेर रन आउट भए भने पछि सैनीले दुई विकेट लिए । चावल खेलका म्यान अफ दम्याच समेत घोषित भए ।
यस अघि टस हारेर पहिले व्याटिङ गरेको बैगलोरले ५ विकेटको क्षतिमा १६३ रन जोडेको थियो । बैगलोरका लागि डेब्यु गरिरहेका देवकान्त पणीकल र एविडी भिलियर्सले अर्धसतक प्रहार गरे । पणीकलले ४२ बलमा ५६ तथा भिलियर्सले ३० बलमा ५१ रन प्रहार गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८