• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

७ महिनाकी बालिका सहित चितवनमा २३ जना कोरोना संक्रमित थपिए

  • संबाददाता

७ महिनाकी बालिका सहित चितवनमा २३ जना कोरोना संक्रमित थपिए

आश्विन –५,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड –( १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ सहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर २,१० र १२ का १ पुरुष र ३ महिला गरि ४ जना । रत्ननगर २ र ११ का १ पुरुष र २ महिला गरि ३ जना । खैरहनि १,२,४,६ र ७ का १० पुरुष र ५ महिला गरि १५ जना र बाराका १ महिला समेत गरि २३ जना रहेका छन ।

संक्रमितहरु ७ महिना देखि ६८ बर्ष उमेरसम्मका रहेको अस्पतालले जनाएको छ। ७ महिनाकि बालिका खैरहनि ५ कि हुन।

परिक्षण गरिएका नमुनाहरुको स्वाबहरु पुष्पाञ्जली अस्पताल , पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको थियो ।

सोमबार परिक्षण गरिएका ३७२ वटा नमूना मध्ये ३४९ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २३ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज ५, २०७७, सोमवार १५:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८