• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

सोमवार ११५४ संक्रमित थपिए, आजै १६ जनाको मृत्यु

  • संबाददाता

सोमवार ११५४ संक्रमित थपिए, आजै १६ जनाको मृत्यु

आश्विन–५,२०७७

चितवन । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ नमुनाको परिक्षण गर्दा १ हजार १५४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४१८ महिला र ७३६ पुरुष गरि ११५४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ६११ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ८ हजार ६९० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १००५ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४७ हजार २३८ पुगेको छ । यो ७२ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ३ महिला र १३ जना पुरुष गरि मृत्यु हुनेको संख्या १६ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ४२७ पुग्यो ।

  • प्रकाशित मिति : असोज ५, २०७७, सोमवार १०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८