• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

सन्दीप आवद्ध दिल्लीको आइपीएलमा विजयी सुरूवात


सन्दीप आवद्ध दिल्लीको आइपीएलमा विजयी सुरूवात

आश्विन–५,२०७७

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ । आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै विकेट कागिसो राबाडाले लिए । तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा ग¥यो ।

दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए ।

अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।– एजेन्सी

  • प्रकाशित मिति : असोज ५, २०७७, सोमवार ०३:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८