आश्विन–४,२०७७
चितवन । देशभर कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुन खुला गर्ने तयारी गरेको छ । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । सुरक्षाका मापदण्ड पालना गरी दुई–दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी गरिएको छ ।
त्यसैगरी दर्शनार्थीहरु मन्दिरभित्र प्रवेश गरेपछि पुरै मन्दिर परिक्रममा गर्न भने पाइने छैन । दर्शनार्थी मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्नेछ ।
दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने तत्काल नुहने बताइएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८