आश्विन–४,२०७७
चितवन । कोरोना भाईरस संक्रमणबाट नेपालमा एक सैनिकको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट २०५६ जना संक्रमित भएको नेपाली सेनाले जनाएको छ ।
रामेछाप घर भइ त्यहाँ नै कार्यरत सेनाका सिपाही दर्जाका एक सैनिकको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । उनि लामो समय देखि रक्त क्यान्सरका विरामी थिए । उपचारकै क्रममा उनको कोभिड पुष्टि भएको थियोे । मृतक सिपाहीको राष्ट्रिय गाइडलाईनबाट अन्त्येष्टि गरिएको हो ।
नेपाली सेनामा हालसम्म २ हजार ५६ जनामा कोरोना पुष्टि भएको छ भने १६ सय ५४ सक्रिय संक्रमित रहेको सैनिक मुख्यालयले जनाएको छ । जसमध्ये चार सय २ जना निको भइसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८