आश्विन–४,२०७७
चितवन । पछिल्लो २४ घण्टामा ९ हजार ५८४ नमुनाको परिक्षण गर्दा १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन् ।
आज ४६९ महिला र ८५६ पुरुष गरि १३२५ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ४७८ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ८ हजार ४०७ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४६ हजार २३३ पुगेको छ । यो ७२ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा ६ महिला र ४ जना पुरुष गरि मृत्यु हुनेको संख्या १० पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ४११ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८