• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आइपिएल अपडेट – पहिलो खेलमा चेन्नाइको जित


आइपिएल अपडेट – पहिलो खेलमा चेन्नाइको जित

मनोज घिमिरे / आश्विन–४,२०७७

यस सत्रको आइपिएलको पहिलो खेलमा चेन्नाइ सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाइले चार बल बाँकी रहँदा ५ विकेटको क्षतिमा १६६ रन जोडेको हो । विजयी टोलीका लागि अम्बाती रायडुले ४८ बलमा ७१ रन जोडे । यस बापत उनी खेलका म्यान अफ द म्याच समेत घोषित भए ।

दोस्रो ओभरको समाप्तिमा ६ रन जोडेर दुई विकेट गुमाइसकेको चेन्नाइका लागि रायडु र प्लेसिसले तेस्रो विकेटका लागि १२८ रनको साझेदारी गरे । प्लेसिस ५८ रनमा अविजित रहे । अबुधाबीमाको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको क्षतिमा १६२ रन जोडेको थियो । मुम्बईका लागि सौरभ तिवारीले ३१ बलमा ४२ रन जोडे । सुरुवातमा विस्फोटक रहेको मुम्बईमा बिचको ओभरमा पीयूष चावला र र साम कुरानले नियन्त्रणमा राखे पछि खेलको दिशा मोडिएको थियो ।

  • प्रकाशित मिति : असोज ४, २०७७, आइतवार ०३:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८