• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दुईछाक जोहोगर्न पुन भारततिर

  • संबाददाता

दुईछाक जोहोगर्न पुन भारततिर

आश्विन–४,२०७७

चितवन । कोरोना महामारीमा भारतबाट स्वदेश फर्किएकाहरु पुन कामको शिलशिलामा भारत फर्किन थालेका छन् । गाँउमा बसेर रोजीरोटीको जोहो नहुने भएपछि महामारी यथावत रहँदापनि उनिहरु भारत फर्किन बाध्य भएका छन् । अहिले नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।

गत एक सातामा नेपाल भारत नाका जमुनाह भएर ३ हजार बढी नेपालीहरु भारत प्रवेश गरिसकेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार भदौ २७ गतेबाट दैनिक तीनसय पचासको हाराहारीमा रोजगारीका लागि नेपालीहरु भारतका विभिन्न सहरमा गैरहेका छन् । एकसाताको अवधिमा मात्रै करिब ३ हजार नेपालीहरु यो नाका भएर भारत फर्किसकेका छन् ।

कोभिड १९ का कारण नेपाल भारत सीमाना बन्द भए पनि भारतमा रोजगारी गर्ने अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेकोले सोही देखाएर उनिहरु फर्किरहेका छन् ।
भारतमा बन्दाबन्दी हुँदा काम नपाई बाध्य भएर नेपाल फर्किएको बताउँदै पहाडी जिल्लाका नेपालीले नेपालमा पनि रोजगारी नपाएपछि फेरि बाध्य भएर भारतनै जानुपरेको बताएका छन् ।
भारत जान भनि जमुनाह नाकामा पुगेका सर्वसाधरणले फर्किएको तीन महिना पुगे पनि गाउँघरमा कुनै काम नपाएपछि भोकै बस्ने अवस्था आएकोले फेरी बाध्य भएर रोजगारीका लागि भारतका विभिन्न स्थानमा जान लागेका हुन् ।

उनिहरुले आफ्नो देशमा रोजगारी नपाएरनै विदेशी भुमिमा गएर दुखकष्ट सहनुपरेको दुखेसो पोख्दै आएका छन् । कोरोनाको डरले नेपालमा बस्ने हो भने दुई छाक टार्न समस्या हुन थालेपछि भोकै बस्नुभन्दा रोगसँग लड्दै रोजगारीमा लाग्ने ठानेर नै आफुहरु भारत फर्किन लागेको अधिकांश नेपालीको एउटै भनाई छ ।

भारतमा बन्दाबन्दी शुरु भएपछि कामबाट निकालिएका नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश छिरेका थिए भने अहिले उनिहरुले भारत जानका लागि भारतीय आधार कार्ड देखाइरहेको जमुनाह प्रहरीले जनाएको छ ।

नेपाली नागरिकता भएकालाई नेपाल आउन र भारतीय आधार कार्ड भएकालाई भारत जान सजिलो भएपछि भारत जाने अधिकांश नेपालीले आधार कार्ड बोकेर आइरहेको जमुनाह प्रहरी प्रमुख गिरीले बताउनुभयो ।

यसैविच जनता समाजवादी पार्टी बाँके र जनमत पार्टी बाँकेले जिल्ला प्रशासन कार्यालयमार्फत छुट्टाछुट्टै ज्ञापनपत्र सरकारलाई पठाएर सबै खुली सेकेको अवस्थामा तत्काल सीमाना पनि खोल्नुपर्ने माग गरेका छन् ।

  • प्रकाशित मिति : असोज ४, २०७७, आइतवार ०२:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८