• असोज ६, २०८०, शनिवार Saturday, 23 September, 2023

फुटबलमा भौतिक दूरी कायम गर्दा ३७ गोल


फुटबलमा भौतिक दूरी कायम गर्दा ३७ गोल

आश्विन –३,२०७७

जर्मनीको एउटा फुटबल टोलीले स्थानीय प्रतिद्वन्द्वीसँगको खेलमा कोभिड–१९ का कारण भौतिक दूरी कायम गर्दा ३७ गोल खाएर पराजित भएको छ ।

रिपडोर्फ नामक क्लबले जम्मा सातजना खेलाडीलाईमात्र मैदानमा उतारेको थियो । ती खेलाडीहरु मैदानमा उत्रिएर बललाई हानेपछि मैदानको छेउतिर लागे ।

किन कायम गरियो दूरी ?

प्रतिद्वन्द्वी क्लब एसभी होल्डेन्स्टेडका खेलाडीहरू अघिल्लो खेलमा कोभिड–१९ बाट संक्रमितको सम्पर्कमा कन्याक्ट्र ट्रेसिङ्गमा परेका थिए ।

उनीहरूको टोलीको जाँच गर्दा नतीजा नेगेटिभ आएको थियो तर रिपडोर्फ क्लबले उनीहरूसँगको खेल सुरक्षित ठानेन । यदि उनीहरूले खेल नखेलेको भए २ सय युरोको जरिबाना तिर्नु पर्नेथियो । सोहि कारण उनिहरु मैदानमा उत्रिएका थिए ।

कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड्सका लागि अन्तिम चरणमा पुगेका तस्बिर मदिरा उपभोगमा क्रान्ति ल्याउँदै नयाँ पुस्ता उनीहरूले खेल पछि सार्नका निम्ति गरेको अनुरोधलाई स्थानीय संघले अस्वीकार गरिदियो । सो खेल जर्मन फुटबल लिगको ११ औँ तहको प्रतियोगिता अन्तर्गतको थियो । सुरक्षित हुनाका लागि आवश्यक १४ दिनको अवधि नकटेको हुनाले रिपडोर्फले होल्डेन्स्टेडसँग खेल्न नचाहेको जनाईएको छ । होल्डेन्स्टेडले पनि आफ्ना वैकल्पिक खेलाडीहरूमात्र खेल मैदानमा उतारेको थियो ।

कसरी भए त्यति धेरै गोल ?

नियम पूरा गर्न रिपडोर्फले केवल सातजना खेलाडीमात्र मैदानमा सहभागी गरायो । तीमध्ये एक खेलाडीले खेलको सुरूमा मैदानमा गएर बल प्रतिद्वन्द्वीका खेलाडीतर्फ हिर्काए । त्यसपछि सबै सातजना खेलाडी मैदानको छेउतिर लागे अनि खेलमा सहभागी भएनन् ।

रिपडोर्फ क्लबका सहअध्यक्ष प्याट्रिक रिस्टोले इएसपीएनलाई भने – होल्डेन्स्टेडका खेलाडीहरूले केही बुझेनन् । तर हामीले जोखिम उठाउन चाहेनौँ । उनले भने – हाम्रा खेलाडी प्रतिद्वन्द्वीको नजिक परेनन् । उनीहरूले सामाजिक दूरीको नियम पालना गर्न प्रतिद्वन्द्वी खेलाडीसँग दुई मिटरको दूरी कायम राखे । तर होल्डेन्स्टेडले मौका खेर फालेन । प्रत्येक दुईदेखि तीन मिनेटमा एक गोल गरिरह्यो ।

अन्तत  रिपडोर्फ शून्यका विरुद्ध ३७ गोलले पराजित भयो । होल्डेन्स्टेडका प्रशिक्षक फ्लोरियन शिरवाटरको भनाइ यस्तो रह्यो, यो खेल नखेल्नुपर्ने कुनै कारण थिएन ।

  • प्रकाशित मिति : असोज ३, २०७७, शनिवार ०२:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८