• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

बब्लु गुप्तालाई कुट्ने प्रहरीमाथि कार्वाही हुने

  • संबाददाता

बब्लु गुप्तालाई कुट्ने प्रहरीमाथि कार्वाही हुने

आश्विन–२,२०७७

चितवन । विहिवार मध्यान्नदेखि सामाजिक संजालमा एउटा भिडियो भाईरल बन्यो । ठुलो संख्यामा रहेका प्रहरीले पछाडि व्याग भिरेका एक युवकलाई लखेटी लखेटी पिट्यो । कहिले लाठिले, कहिले हातैले त कहिले बुटैबुटले तिनीमाथि बजारिएको त्यो दृश्य ह्दय विदारक थियो ।

ति कुटाईखाने व्यक्ति थिए बब्लु गुप्ता । उनि कुलमानलाई पुन नियुक्ती गरिनुपर्छ भन्ने शान्तिपूर्ण प्रदर्शनका लागि बिजुली बजारबाट माइतीघर मण्डलातर्फ जाँदै थिए । सोहि समयमा विना सोधखोज गुप्तामाथि इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी उनलाई निर्घात कुटपिट गरेका थिए ।

गुप्तालाई कुट्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि प्रहरीले छानविन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले भनेको छ । विहिवार माईतीघर मण्डलामा भएको ‘कुटपिटको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ । छानविन गर्न भनिसकेको र दोषि प्रमाणित भए कार्वाही हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गुप्ताले हन्ड्रेड्स (१००) गु्रप अन्तगर्त क्लोथ बैक स्थापना गरि हजारौलाई लुगा लगाउन पाउने वातावरण सृजना गर्दै आएका छन् । लकडाउन शुरु भएयता विगत ६ महिना देखि काठमाण्डौको रत्नपार्कमा हरेक दिन उनले निःशुल्क खाना खुवाउने कामको नेतृत्व समेत गरिरहेका छन् ।

उनलाई प्रहरीले अनामनगर बृतमा लगि विहिवार साँझ छाडेको थियो ।

  • प्रकाशित मिति : असोज २, २०७७, शुक्रवार ०३:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८