• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आज १२४६ संक्रमित थपिँदा १२४३ निको भए


आज १२४६ संक्रमित थपिँदा १२४३ निको भए

आश्विन–१,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ६४१ नमुनाको परिक्षण गर्दा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४२८ महिला र ८१८ पुरुष गरि १२४६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार २४१ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ८ हजार ३३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ९०३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२४३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४२ हजार ९४९ पुगेको छ । यो ७२ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ३ महिला र १ जना पुरुष गरि मृत्यु हुनेको संख्या ४ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३८३ पुग्यो ।

  • प्रकाशित मिति : असोज १, २०७७, बिहीवार १०:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८