• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

चितवनका ७८ सहित १०३ जनामा कोरोना पुष्टि

  • संबाददाता

चितवनका ७८ सहित १०३ जनामा कोरोना पुष्टि

आश्विन–१,२०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ७८ सहित १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भाद्र ३० गते गरिएको परिक्षणमा चितवनका ७८ सहित १०३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका २३ महिला र ३१ पुरुष गरि ५४ जना , रत्ननगरका १४ महिला र ५ पुरुष गरि १९ जना, खैरहनीका १ महिला ३ पुरुष गरि ४ जना र राप्तीका १ पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । यस्तै अन्य संक्रमित हुनेहरुमा गैडाकोटका ४ महिला ४ पुरुष गरि ८ जना, कावासोतीका १ पुरुष, मध्येविन्दुका १ महिला १ पुरुष, बाराका १ पुरुष, गुल्मीका १ पुरुष, काठमाण्डौका १ पुरुष, मकवानपुरका १ महिला ३ पुरुष, त्रिवेणीका १ पुरुष, देवचुलकिा २ पुरुष, पर्साका १ महिला १ पुरुष, सर्लाहिका १ पुरुष र तनहुँका १ पुरुष समेतगरि १०३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु ५ देखि ८१ बर्ष सम्मका रहेका अस्पतालले जनाएको छ ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ४१८ नमुनाको परिक्षण गर्दा ३१५ नमुनाको नतिजा नेगेटिभ आएको हो भने १०३ जनाको पोजेटिभ आएको हो ।

सिएमसीको गल्ती

स्मरण रहोस चितवन मेडिकल कलेजले पिसिआर रिर्पोटको जानकारी गराउँदा भाद्र ३१ गतेको विज्ञप्तीमा पोजेटिभ संख्या १०३ र उमेरको संख्या जोड्दा १०२ मात्रै हुन आउँछ । यो भन्दा अघिल्लो विज्ञप्तीमा पनि यस्तै गल्ती भएर हामीले सच्याउन लगाएका थियौ । चितवन मेडिकल कलेजलाई यस्ता गल्ती नदोहराउन हामी अनुरोध गछौं ।

  • प्रकाशित मिति : असोज १, २०७७, बिहीवार ०८:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८