• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

राम्चे केन्द्रविन्दु बनाएर भुकम्प, क्षतिको विवरण आएको छैन

  • संबाददाता

राम्चे केन्द्रविन्दु बनाएर भुकम्प, क्षतिको विवरण आएको छैन

भाद्र–३१,२०७७

चितवन । बुधवार विहान ५ः२० वजे चितवन लगायत देशका विभिन्न क्षेत्रमा भुकम्पको धक्का महशुस गरिएको छ । सिन्धुपाल्चोकको राम्चेलाई मुख्य केन्द्र बनाएर ६.० रेक्टर स्केलको भूकम्प गउको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पले सिन्धुपाल्चोक लगायतका क्षेत्रमा अहिले सम्म कुनै क्षतिको विवरण आएको छैन ।

सिन्धुपाल्चोक लगायत काठमाण्डौं आसपासका जनाताहरु भुकम्प जानासाथ सडकमा निस्किएका थिए । सिन्धुपाल्चोकको बाह्विसेमा केहिदिन अघि गएको पहिरो प्रभावित क्षेत्रलाई भने यसले थप जोखिम पु¥याउने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरो प्रभावित क्षेत्रबाट अहिले सम्म कुनै क्षतिको विवरण आएको छैन । सिन्धुपाल्चोक प्रहरीले त्यस सम्बन्धमा स्थानिय जनप्रतिनिधीसंग समन्वय गरिरहेको छ ।

  • प्रकाशित मिति : भदौ ३१, २०७७, बुधवार ०२:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८