• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

देशभरमा आज थपिएका मध्ये कहाँ कति ?

  • संबाददाता

देशभरमा आज थपिएका मध्ये कहाँ कति ?

भाद्र–३०,२०७७

आज एक दिनमा १० हजार ३७५ नमुना परिक्षण गर्दा १४५९ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिलाको संख्या ४४६ छ भने पुरुषको संख्या १०१३ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु मध्ये
प्रदेश नं. १

प्रदेश नं. १ मा आज थपिएका मध्ये ओखलढुङ्गा १, खोटाङ १, झापा ६, ताप्लेजुङ्ग १ , पाँचथर १, भोजपुर १ मोरङ १११, संखुवासभा १ र सुनसरीमा १७ गरि जम्मा १४० जना थपिएका हुन ।

प्रदेश नं. २

धनुषामा ६, पर्सामा १, बारामा ३, महोत्तरीमा ९, रौतहटमा २६, सप्तरीका २४, सर्लाहीका ४ र सिराहामा १६२ जना गरि प्रदेश २ मा २३५ जना थपिएका छन् ।

वाग्मती प्रदेश

वाग्मती प्रदेशमा काठमाडौँका ५५५, काभ्रेका ८, चितवनका ३७, दोलखाका ५, धादिङका ४, नुवाकोटका २, भक्तपुरका ८६, मकवानपुरका ८७, रामेछापका २, ललितपुरका ३५ र सिन्धुपाल्चोकका २ समेत गरि ८२३ जना ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका कास्कीमा ७, गोर्खामा ५, तनहुँमा ९, नवलपरासीपुर्वमा २१, मनाङ्गमा १, लमजुङमा ४ र स्याङजामा १४ जना गरि ६१ जना थपिएका छन् ।

प्रदेश ५
अर्घाखाची ३, गुल्मीका ३, दाङका २६, नवलपरासीका ३, पाल्पाका १६, बर्दियाका १, बाँकेका २७ र रुपन्देहीका ५१ ग्रि १३० जना प्रदेश ५ मा थपिएका हुन ।

कर्णाली प्रदेश

दैलेखमा २, सल्यानमा २ र सुर्खेतमा २३ गरि २७ जना ।

सुदुर पश्चिम प्रदेश

यस्तै सुदुर पश्चिम प्रदेशमा कन्चनपुरका ८, कैलालीका ११, डोटीका ११, दार्चुलाका ३, बझाङका २ र बैतडीका ८ समेत गरि ४३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइसियुमा उपचाररत प्रदेश १ मा ५, प्रदेश २ मा ९, वाग्मतीमा १२३, गण्डकीमा ६, प्रदेश ५ मा २२ र कर्णालीमा ९ जनागरि देशभरमा १७४ जना रहेका छन् । त्यस्तै भेन्टिलेटरमा उपचाररत प्रदेश १ मा १ जना, वाग्मतीमा २५, प्रदेश ५ मा १ जना र सुदुर पश्चिममा १ गरि २८ जना रहेका छन् ।

देशमा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना सुन्य रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देही ५०० भन्दा बढी सक्रिय संक्रमितहरु रहेको जिल्लामा पर्दछन ।

  • प्रकाशित मिति : भदौ ३०, २०७७, मंगलवार ११:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८