• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

रोग भन्दा भोक ठुलो भन्दै नाइहरुको प्रदर्शन

  • संबाददाता

रोग भन्दा भोक ठुलो भन्दै नाइहरुको प्रदर्शन

भाद्र–३०,२०७७

काठमाडौँ । रोगले भन्दा भोकले मर्न थालेको भन्दै नाई श्रमिकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

उनिहरुले रोगको लागि भनेर ५ महिना सम्म पसल बन्द गरेको र अव भोकको लागि पसल खोल्ने भन्दै मंगलबार बिहान काठमाण्डौंको माइतीघरमा धर्ना दिएका हुन ।
धर्नामा सयौँको संख्यामा नाई श्रमिकहरु आफ्ना ड्रेस र औजार सहित प्रर्दशनमा सहभागि भएका थिए । उनीहरुले लामो समय देखिको लकडाउनका कारण आफूहरु भोकले मर्न थालेको बताएका छन् ।

हामी राज्यका हौं त्यसैले हामीलाई भोकले मर्नदिनु भएन । सरकारले पसल खोली दुईछाक भात मात्रै खाने व्यवस्था मिलाईदिनु प¥र्यो श्रमिकको भनाई थियो ।

रोगले भन्दा भोकले मर्न थालेको भन्दै उनीहरुले आफूहरुका माग पूरा नभएसम्म प्रदर्शन जारी रहने बताएका छन् ।

  • प्रकाशित मिति : भदौ ३०, २०७७, मंगलवार ०९:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८