भाद्र–३०,२०७७
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)का २६ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरतमा डिएसपी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २६ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अहिले अन्य प्रहरीहरुको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले पोजेटिभ देखिएका सबै प्रहरीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
अहिले त्यहाँ बाहिरी भेटघाटमा रोक लगाइनुका साथै अत्यावश्यक काम बाहिरबाट सञ्चालन गरिएको छ ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको बेला प्रहरीमा पनि जोखिम बढ्दै छ । काठमाडौं उपत्यकामा मात्रै ८९२ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८