• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

भाडा बढाएर दसैँको टिकट बुकिङ खुलाउने तयारी

  • संबाददाता

भाडा बढाएर दसैँको टिकट बुकिङ खुलाउने तयारी

भाद्र–३०,२०७७

चितवन । सरकारले असोज ५ गतेबाट लामो दुरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनको लागि अनुमति दिएको छ । साथै असोज १५ गतेबाट दसैँको लागि टिकट बिक्री खुल्ला गर्ने तयारी समेत गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार दसैँलाई लक्षित गरी सरकारले लामो दुरीको सार्वजनिक सवारी चलाउने निर्णय गरेसँगै १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्नका लागि तयारी सुरू गरेको छ ।

निषेधाज्ञा खुलेपनि कोरोना संक्रमणदर दिनप्रतिदिन बढिरहेको अवस्थामा सरकारले दसैँका लागि गाडीको टिकट किन्ने यात्रुहरूको भिडभाड काउन्टरमा नहोस् भनेर अनलाइन टिकटको व्यवस्था गर्ने तयारीमा छ । विभागले यसअघि नै यातायात व्यवसायीहरूलाई अनलाइनबाट टिकट बिक्री वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरिसकेको छ ।

तुलनात्मक रुपमा गएका वर्ष भन्दा यस वर्षको दसैँमा ५० प्रतिशत कम सर्वसाधरणले यात्रा गर्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा विभागले संक्रमणको थप जोखिम नहोस् भनेर सार्वजनिक यात्रुबाहक सवारीको सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ ।

कमाई हुने समयमा ५० प्रतिशत मात्रै यात्रु बोक्दा व्यवसायीलाई घाटा हुने भन्दै विभागले औषत मूल्यको ५० प्रतिशतसम्म भाडा दर बढाउन सक्ने व्यवस्था गरेको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७७, मंगलवार ०८:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८