भाद्र–३०,२०७७
चितवन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ४७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकीका ७ वटा जिल्लाका ४७ गरेर जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका जिल्ला तनहुँ, कास्की, गोरखा, लमजुङ, मनाङ, स्याङ्जा र नवलपरासी (बर्दघाट पूर्व) गरी सात जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या तीन हजार ११२ पुगेको निर्देशनालयले जनाएको छ । हालसम्म २२७० जना कोरोना जितेर घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा आयुसियुमा ६ जना र भेन्टिलेटरमा १ जनाको उपचार भैरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८