• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

देशभर ११७० संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए


देशभर ११७० संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए

भाद्र–२९,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८७८ नमुनाको परिक्षण गर्दा १ हजार १७० जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ सय ९९ महिला र ७ सय ७१ पुरुष सहित ११७० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १५ हजार ३९३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार २७५ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७९ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३९ हजार ५७६ पुगेको छ । यो ७१.५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ५ महिला र १० पुरुषगरि मृत्यु हुनेको संख्या १५ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३६० पुग्यो ।

  • प्रकाशित मिति : भदौ २९, २०७७, सोमवार १०:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८