• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

कुलमान घिसिङको आज बिदाई हुँदै

  • संबाददाता

कुलमान घिसिङको आज बिदाई हुँदै

भाद्र–२८,२०७७

चितवन । आफ्नो ४ वर्षे कार्यकाल समाप्त भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ आजबाट बिदाई हुने भएका छन् ।

घिसिङ ४ वर्षे कार्यकालको लागि २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नियुक्ति भएका थिए ।

अध्यारो युगको अन्त्य गर्दै ४ वर्षे आफ्नो कार्यकालमा अत्यन्तै उत्साह जनक काम उनले गरेका थिए । १८ घण्टा सम्म लोडसेडिङको मार खेपेका जनताले घिसिङलाई कहिल्यैपनि विर्षने छैनन् ।
सरकार आफ्नो सत्ता जोगाउने र पार्टीमा भएका विवादलाई मिलाउनमै व्यस्त रहेको बेला नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्ने भन्ने निर्णय हुन सकेको छैन । प्रचण्ड र ओलीबीच समझदारी भए घिसिङको नियुक्ति पुन हुने अनुमान गर्न सकिन्छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७७, आइतवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८