सिन्धुपाल्चोक पहिरो अपडेट– ५ को जीवितै उद्धार,७ को शब भेटियो

  • संबाददाता
  • भदौ २८, २०७७

भाद्र–२८,२०७७

सिन्धुपाल्चोक । गएराती सिन्धुपाल्चोकको बाह्बिसेमा गएको पहिरोमा पुरिएका मध्ये ५ जनाको जीवितनै उद्धार गरिएको छ । पहिरोले पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिदै छ ।

कम्तीमा २४ जना बेपत्ता भईरहेको हुन सक्ने अनुमान गरिएको ठाँउबाट ७ जनाको शव निकालिएको छ । गएराती ३ बजेतिर आएको पहिरोले बाह्बिसे ७ घुम्थाङको १८ घर बगाएको थियो ।

उक्त घरका सबै बेपत्ता भएका छन् । भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले बगाएको हो । नेपाली सेना, प्रहरी , शसस्त्र प्रहरी र स्थानियले अन्यको अवस्थाको बारेमा खोजी गरिरहेका छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८