• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

आज १२०१ संक्रमित थपिँदा, १४ जनाले ज्यान गुमाए

  • संबाददाता

आज १२०१ संक्रमित थपिँदा, १४ जनाले ज्यान गुमाए

भाद्र–२७,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार १७६ नमुनाको परिक्षण गर्दा १ हजार २०१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४ सय १६ महिला र ७ सय ८५ पुरुष सहित १२०१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १५ हजार २६० रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ६ हजार १५३ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८५२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३७ हजार ५२४ पुगेको छ । यो ७०.६ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ३ महिला र ११ पुरुषगरि मृत्यु हुनेको संख्या १४ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३३६ पुग्यो ।

  • प्रकाशित मिति : भदौ २७, २०७७, शनिवार १०:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८