• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनका थप ११ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका थप ११ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– २७, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रवार गरिएको परिक्षणमा चितवनका ११ सहित २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ४ महिला र ५ पुरुष गरि ९ जना , रत्ननगरका २ महिला, गैडाकोटका ३ महिला ३ पुरुष गर ६ जना , हुप्सेकोटका १ महिला, मध्येविन्दुका १ पुरुष, नेपालगञ्जका १ पुरुष, काठमाण्डौंका १ पुरुष, रुपन्देहिका १ महिला, तनहुँका १ पुरुष र लम्जुङका १ महिला गरि २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु १६ देखि ७२ बर्ष सम्मका रहेका अस्पतालले जनाएको छ ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका १८६ नमुनाको परिक्षण गर्दा १६२ नमुनाको नतिजा नेगेटिभ आएको हो भने २४ जनाको पोजेटिभ आएको हो ।

आजैमात्र भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा चितवनका ७३ सहित ८७ जना संक्रमित भएका थिए ।

  • प्रकाशित मिति : भदौ २७, २०७७, शनिवार ०७:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८