• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

  • संबाददाता

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

भाद्र–२६, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उच्च ज्वरो र स्वाश प्रश्वासको समस्या भएका राप्ती नगरपालिका ५ का ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र २४ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा समस्या आएपछी अस्पतालको कोभिड आइसियुमा भेन्टिलेटर सहितको उपचार गरिएको थियो । उपचारकै क्रममा शुक्रवार साँझ ७ बजे उनको मृत्यु भएको जनाइएको छ ।

भरतपुरमा बिहिबार र शुक्रवार कोरोनासँँग मिल्दो जुल्दो लक्षण भएका तिन जनाको मृत्यु भएको छ । मृत्यु भएका २ महिला र १ पुरुषको स्वाब परिक्षणको लागि कोभिड ल्याबमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २६, २०७७, शुक्रवार १५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८