• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

आज निको भए १८१८, संक्रमित ५० हजार नाघे

  • संबाददाता

आज निको भए १८१८, संक्रमित ५० हजार नाघे

भाद्र–२५,२०७७

चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १४४ नमुनाको परिक्षण गर्दा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४ सय २ महिला र ८ सय ४४ पुरुष सहित १२४६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १४ हजार ४४८ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ६ हजार ४३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८१८ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३५ हजार ७०० पुगेको छ । यो ७१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा १ महिला र ४ पुरुषगरि मृत्यु हुनेको संख्या ५ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३१७ पुग्यो ।

  • प्रकाशित मिति : भदौ २५, २०७७, बिहीवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८