• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

नेपाली क्रिकेट खेलाडीले एक वर्षको तलब पाए


नेपाली क्रिकेट खेलाडीले एक वर्षको तलब पाए

भाद्र–२५,२०७७

नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय खेलाडीको एक वर्ष देखि रोकिएको तलब उनीहरुको खातामा जम्मा गरि दिएको छ । क्यानमा भएको विवादका कारण सन २०१९ को एक बर्षको रोकिएको तलब मंगलबार खेलाडीको खातामा पठाएको क्यानले जनाएको छ ।

आइसीसीले सन २०१९ को तलव केहि दिन अगाडी क्यानको खातामा खेलाडी र कर्मचारीको तलव पठाएको थियो । जसमा खेलाडी सबैको खाता नम्वर आउन र किवाईसी भर्नका लागि केहि समय लागेकाले बुधवार मात्र क्यानले बैंकमा रकम पठाएको जनाएको छ ।

जसमा २२ खेलाडी र एक जना टेक्निकल एनालिष्ट रहेका छन । आइसीसीले तीन श्रेणीमा गरेर खेलाडीको तलव पठाएको थियो । त्यसमा क्यानले गरेको १० हजार रुपैयाँ बढाउने आग्रह अनुसार नैआइसीसीले रकम पठाएको थियो ।
ए श्रेणीमा रहेका खेलाडीले प्रति महिना ४५ हजार, बी श्रेणीमा रहेकालेप्रति महिना ३५ हजार र सी श्रेणीमा रहेका खेलाडीलेप्रति महिना २५ हजार रुपैयाँ पाएका छन । यस्तै टेक्निकल एनालिष्टको पनि सी श्रेणीले पाउने रकम बराबर प्रति महिना २५ हजार रुपैयाँ पाएका छन ।

क्यानले खेलाडीको तलब पठाएपनि कर्मचारीको तलव भने अझै केहि समय लाग्ने बताएको छ । क्यानमा आठ जना कर्मचारीले पछिल्लो चार बर्षदेखि तलव पाएका छैनन । त्यसमा तीन जना स्थाई कर्मचारी छन भने पाँच जना करारमा रहेका छन ।
उनीहरुको यसअघिको सबै विबरण निकाल्न बाँकी रहेको र सबैले बेला बखतमा लिएको पेस्कीको हिसावकिताब निकालेरमात्र तलब पाउने भएका छन । जसमा यसअघि केहि रकम लिएको भएमा त्यो काटिने भएको छ ।

खेलाडीमा भने ए श्रेणीमा रहेकाले १२ महिनाको एकमुष्ट ५ लाख ४० हजार पाएका छन भने बी श्रेणीमा रहेकाले चार लाख २० हजार रुपैयाँ हात पारेका छन । यस्तै सी श्रेणीमा रहेका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन ।

को को खेलाडीले रकम पाए त ?
ए श्रेणीमा
पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दिप लामिछाने, करण केसी, विनोद भण्डारी
बी श्रेणी
आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सराफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललितनारायण राजवंशी
सी श्रेणी
रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल जसले १ वर्षको तलव पाएका छन् भने केहि कर्मचारीको तलव प्रकृयामा रहेको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०७७, बिहीवार ०२:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८