• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

चितवनका १० सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनका १० सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– २४, २०७७

भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका १० सहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

प्रयोगशालाका अनुसार भरतपुरका ५ महिला र ४ पुरुष गरि ९ जना , राप्तीका १ महिला, गैडाकोटका १ पुरुष , दार्चुलाका १ पुरुष, हेटौंडाका १ महिला र बाराका १ पुरुष गरि १४ को रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु ७ देखि ६६ बर्ष सम्मका रहेका अस्पतालले जनाएको छ ।

सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका ९४ नमुनाको परिक्षण गर्दा ८० नमुनाको नतिजा नेगेटिभ आएको हो भने १४ जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ।

  • प्रकाशित मिति : भदौ २४, २०७७, बुधवार ०७:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८