भाद्र–२४, २०७७
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि विकास गर्न एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालले सुरु गरेको कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण स्थगित गरिएको छ ।
खोपको परीक्षणमा सहभागि मानिस बिरामी परेपछि खोप विकास कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ ।
एस्ट्राजेनेकाले परीक्षणमा सहभागी व्यक्ति बिरामी पर्नुको कारणबारे जानकारी नहुँदासम्म परीक्षण स्थगित भएको जनाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले गरेको भ्याक्सिन परीक्षणप्रति पूरै विश्वले भरोसा गरेको छ ।
अहिले विश्वमै दर्जन जति स्थानमा भ्याक्सिनको परीक्षण जारी भए पनि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण सबैभन्दा अगाडि रहेको जानकारहरू बताउँछन् ।
अक्सफोर्डमा तेस्रो चरणको परीक्षण सुरु भएकाले बजारमा पनि यहीँको खोप पहिले आइपुग्ने जानकारहरू बताउँछन् ।
भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा हजारौँ मानिस सहभागी हुनुपर्छ । त्यसैले यसमा वर्षौं पनि लाग्न सक्छ । कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षणमा करिब तिन हजार मानिस सहभागी भएका छन् ।
बिबिसीका मेडिकल एडिटर फर्गस वोल्सका अनुसार विश्वमै चालु परीक्षणहरूमा रोक लगाइएको छ । अब सुरक्षा मानकहरूको स्वतन्त्र परीक्षणको समीक्षा गरी पुनः परीक्षण सुरु गर्नेबारे निर्णय हुने उनले बताए ।
अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले व्यापक परीक्षण गर्दा बिरामी हुने आशंका रहने हुँदा यसबारे ध्यानपूर्वक परीक्षण गर्न स्वतन्त्र पुनः परीक्षण आवश्यक हुने बताए ।
अक्सफोर्ड विश्वविद्यालयको कोरोना भाइरसको भ्याक्सिन परीक्षण स्थगित गरेको यो दोस्रो पटक हो । यस्ता परीक्षणमा काम स्थगित गरिनु अत्यन्त सामान्य कुरा हुन् । परीक्षणमा सहभागी व्यक्तिलाई तत्काल अस्पताल पुर्याएर बिरामी पर्नुको कारण पत्ता लगाउन परीक्षण स्थगित गरिन्छ । केही दिनमै परीक्षण फेरि सुरु हुने आशा गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८