१८ महिने बालक सहित चितवनमा थप ३३ जनामा कोरोना पुष्टि

  • सम्बादाता
  • भदौ २४, २०७७

भाद्र–२४,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशलामा गरिएको परीक्षणमा १८ महिनाको बालक सहित चितवनमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ४,६ र १० का २ पुरुष र ७ महिला गरि ९ जना, माडि ६ र ७ का २ पुरुष र सिन्धुपाल्चोकका १ पुरुष गरि १२ रहेका छन । १८ महिनाका बालक माडि नगरपालिकाको क्वारेन्टिनमा रहेका हुन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , पुरानो मेडिकल कलेज, र क्वारेन्टिनबाट संकलन गरिएको थियो।

मंगलबार रातीसम्म परिक्षण गरिएका २५७ वटा नमूना मध्ये २४५ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने १२ वटा नमुनाको पोजेटिभ आएको हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८