• साउन ४, २०८१, शुक्रवार Friday, 19 July, 2024

एकैदिनमा ९०२ थपिदा, २२८७ संक्रमित निको भए

  • संबाददाता

एकैदिनमा ९०२ थपिदा, २२८७ संक्रमित निको भए

भाद्र–२३,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ६११ नमुनाको परिक्षण गर्दा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ सय ७ महिला र ५ सय ९५ पुरुष सहित ९०२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १४ हजार ८६८ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ६ हजार ८१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३२ हजार ९६४ पुगेको छ । यो ६८.५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा १ महिला र ५ पुरुषगरि मृत्यु हुनेको संख्या ६ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३०६ पुग्यो ।

  • प्रकाशित मिति : भदौ २३, २०७७, मंगलवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८