• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

आज थपिए ९७९ संक्रमित, निको हुने ३० हजार नाघे

  • संबाददाता

आज थपिए ९७९ संक्रमित, निको हुने ३० हजार नाघे

भाद्र–२२,२०७७

चितवन । पछिल्लो २४ घण्टामा ९ हजार २१८ नमुनाको परिक्षण गर्दा ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३८ महिला र ६ सय ४१ पुरुष सहित ९७९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १६ हजार २५९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार १९० रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३० हजार ६७७ पुगेको छ । यो ६५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ४ महिला र ७ पुरुषगरि मृत्यु हुनेको संख्या ११ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३०० पुग्यो ।

  • प्रकाशित मिति : भदौ २२, २०७७, सोमवार ११:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८