भाद्र– २२, २०७७
भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका १९ सहित २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र ३ पुरुष गरि ११ जना , रत्ननगरका ६ पुरुष , खैरहनिका २ महिला सहित गरि १९ जना । यस्तै हेटौंडाका १ महिला र ५ पुरुष गरि ६ जना, बकैयाका १ पुरुष ,तनहुँका २ पुरुष , मनहरिका १ महिला र देवचुलीका १ महिला समेत गरि जम्मा ३० जना संक्रमित भएका हुन।
संक्रमितहरु ७ बर्षका बालक देखि ७२ बर्ष सम्मका रहेका छन ।
सिएमसी स्वाव संकलन केन्द्रबाट लिएका १७७ नमुनाको परिक्षण गर्दा १४७ नमुनाको नतिजा नेगेटिभ आएको हो भने ३० जनाको पोजेटिभ आएको अस्पतालले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८