• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

दश हजार ३८२ पिसिआर परिक्षण गर्दा ९८० संक्रमित थपिए

  • संबाददाता

दश हजार ३८२ पिसिआर परिक्षण गर्दा ९८० संक्रमित थपिए

भाद्र–२१,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३८२ नमुनाको परिक्षण गर्दा ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । आज २ सय ९० महिला र ६ सय ९० पुरुष सहित ९८० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४६ हजार २५७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार २७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ८२६ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार २०१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २८ हजार ९४१ पुगेको छ । यो ६३ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा २ महिला र ७ पुरुषगरि मृत्यु हुनेको संख्या ९ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या २८९ पुग्यो ।

  • प्रकाशित मिति : भदौ २१, २०७७, आइतवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८