भाद्र–२०,२०७७
चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ४७३ नमुनाको परिक्षण गर्दा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४९ महिला र ६ सय ९२ पुरुष सहित १ हजार ४१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १७ हजार ८७० रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ८ हजार ४ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार ८६६ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५६६ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २७ हजार १२७ पुगेको छ । यो ६० प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा ३ महिला र ६ पुरुषगरि मृत्यु हुनेको संख्या ९ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या २८० पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८