• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा भरतपुरका ७ सहित ९ जनामा कोरोना पुष्टि

  • संबाददाता

चितवनमा भरतपुरका ७ सहित ९ जनामा कोरोना पुष्टि

भाद्र–२०,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ सहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका ६,१० ,११ र १४ का ४ पुरुष र ३ महिला गरि ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

त्यस्तै गैडाकोटका १ पुरुष र रुपन्देहीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु १४ देखि ६० बर्ष सम्म रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल ,क्यान्सर अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

शुक्रबार राती १२ वजे सम्म गरिएको परिक्षणमा २३४ वटा नमूना मध्ये २२५ वटा नेगेटिभ आएको हो भने ९ वटा नमुना पोजेटिभ आएको थियो ।

  • प्रकाशित मिति : भदौ २०, २०७७, शनिवार ००:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८