भाद्र–१९,२०७७
चितवन । पछिल्लो २४ घण्टामा १३ हजार ६३८ नमुनाको परिक्षण गर्दा १ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ सय ६४ महिला र ८ सय ९५ पुरुष सहित १ हजार ३५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १८ हजार ४०४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ४६२ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ९४२ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३५४ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा ४ महिला र १० पुरुषगरि मृत्यु हुनेको संख्या १४ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या २७१ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८