भाद्र–१८,२०७७
पछिल्लो चौबीस घण्टाको तथ्यांक हेर्दा देशभर १८हजार ४०३ जना सकृय संक्रमितहरु रहेका छन् । जसमध्ये देशका विभिन्न संस्था तथा अस्पतालहरुमा उपचाररत १० हजार ६७१ संक्रमित छन् भने ७ हजार ७४२ जना होम आईसोलेसन अथार्त घरमै रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो मापदण्ड अनुसार लक्षण देखिएकाहरुलाई मात्र विभिन्न अस्पतालहरुमा राखेर उपचार गरिएको छ । लक्षण देखिएका संक्रमित मध्ये १४१ वटा सिरियस केसलाई आईसियुमा राखेर उपचार भैरहेको छ भने १७ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश नं. १ मा ५, प्रदेश नं. २ मा २७ ,बाग्मती प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५ र प्रदेश नं. ५ मा १९ जना गरि १४१ जनाको उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर भेन्टिलेटरमा राखेर १७ जनाको उपचार भैरहेको छ ।
प्रदेश नं. १ मा रहेका १७०५ सकृय संक्रमित मध्ये ७१५ जना घरमै रहेका छन् । प्रदेश २ मा ५१५२ सकृय संक्रमित मध्ये ४३००, बागमती प्रदेशमा ७७५६ मध्ये २०५०, गण्डकी प्रदेशमा ७२३ मध्ये ४३, प्रदेश ५ मा १५५० मध्ये ४१८, कर्णाली प्रदेशमा ४४५ मध्ये ७७ र सुदुर पश्चिम प्रदेशमा १०७२ मध्ये १२९ जना गरि संस्थागत आईसोलेसनमा १० हजार ६७१ र घरमै रहेका सकृय संक्रमित ७ हजार ७४२ जना रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८