• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

नेमारसहित पीएसजीका ३ खेलाडीमा कोरोना संक्रमण

  • एजेन्सी

नेमारसहित पीएसजीका ३ खेलाडीमा कोरोना संक्रमण

भाद्र–१८,२०७७

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेमारसहित ३ खेलाडीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । नेमारसहित मिडफिल्डर डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण देखिएको हो ।

पीएसजीले बुधबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनीहरू फुटबल सिजन सकिएसँगै बिदा मनाउन स्पेन गएका थिए । त्यहाँ नै उनीहरू संक्रमित भएको अनुमान गरिएको छ ।

संक्रमण नफैलियोस भनेर उनीहरूलाई क्वारेन्टाइनमा राखिएको बताईएको छ । पीएसजीका खेलाडीमा कोरोना संक्रमण देखिएपछि नयाँ सिजनको पहिलो खेलमा समस्या देखिने भएको छ । पीएसजीले सेप्टेम्बर ११ मा आगामी खेल खेल्दै छ ।

  • प्रकाशित मिति : भदौ १८, २०७७, बिहीवार ०२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८