• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

किसानलाई कोरोना भन्दा मलको चिन्ता

  • संबाददाता

किसानलाई कोरोना भन्दा मलको चिन्ता

भाद्र–१७,२०७७

चितवन । मल अभाव भएपछि देशभरिका किसानहरु अनुमान गरे अनुसारको उतपादन नहुने भयो भन्ने कुरामा चिन्तित छन् । चितवनमा पनि मलको हाहाकार छ । मल आउने आसमा किसानहरु विभिन्न सहकारीमा धाईरहेका भेटिन्छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । अत्यावस्यक काम भन्दा बाहेक वाहिर ननस्किन अनुरोध गरेको छ । निस्किहाले या कतै भिडभाड गरे कावाृही समेत गर्ने चेतावनीदिएको छ । तर यहि बेलामा किसानहरुलाई जुन कुनैपनि हालतमा मल लिनैपर्ने बाध्यता छ ।

चितवनको पुर्वी र पश्चिम भेकका किसानहरु केहि समय यतादेखि मल पाउने आसमा चितवन जिल्लाका विभिन्न सहकारीहरु धाईरहेका छन् । किसानहरुको भिडभाड विहानीपख अधिकांश देख्न किन्छ । बुधवार भरतपुर महानगरपालिका ६ गीतानगर स्थित सर्वोदय बहुउद्देशिय सहकारीमा संयौ किसानहरु जम्मा भए । मल आएको भन्ने सूचनाको आधारमा जम्मा भएको उनिहरुले बताए । किसानहरुको त्यो भिड देख्दा यदि त्यो विचमा कोहि संक्रमित रहेछन् भने त्यसको अवस्था कस्तो ह्ुन्छ अनुमान सम्म गर्न सकिदैन ।

सर्वोदय बहुउद्देश्यीय सहकारीले प्रति किसान १० किलोका दरले ५०० बढीलाई मल वितरण गरेको छ । तर त्यो भन्दा बढी किसानहरुले मल नपाएपछि होहल्ला बढ्यो । भिडभाडलाई प्रहरीले तितरवितर पा¥यो ।

जिल्ला भरमा आएको करिब २ सय टन मल जिल्लाका विभिन्न सहकारी संस्थालाई वितरण गरिएको थियो । त्यसै अनुरुप उक्त सहकारीमा मल पाउने आशमा किसानहरु जम्मा भएका थिए ।
उक्त सहकारीमा संस्थामा मल आइपुगेको सुईको पाएर बुधबार बिहानैदेखि लाइनमा बसेका सयौं किसानहरु रित्तो हात फर्किए ।

अबको १५ दिनमा धान पसाउने भएकोले तुरुन्तै मल हाल्नुपर्ने बाध्यता किसानको छ । नत्र किसानको मेहनत वालुवामा पानी सरह हुन्छ । चितवनमा १५ हजार मेट्रिक टन मलको आवस्यकता पर्दछ । तर प्रत्येक वर्ष यसको माग अझै बढिरहेको छ ।

  • प्रकाशित मिति : भदौ १७, २०७७, बुधवार ०८:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८