• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरका ३१ सहित चितवनमा ४० जना संक्रमित थपिए

  • चितवन

भरतपुरका ३१ सहित चितवनमा ४० जना संक्रमित थपिए

भाद्र–१६ ,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ३५ सहित ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ देखि ७३ बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिका १,२,६,८,११,१४ र १५ का महिला ५ र पुरुष ६ गरि ११ जना, राप्ती ७ र ९ का २ महिला र १ पुरुष गरि ३ जना ,रत्ननगर १० का १ महिला, नवलपरासी ,कैलाली पर्सा ,अछाम र रौतहट का २ महिला र ३ पुरुष सहित ५ जना समेत गरि जम्मा २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १८ देखि ७३ बर्ष सम्मका रहेका छन।

हिजोनै जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भरतपुरका ५ पुरुष र १५ महिला गरि थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसरी पछिल्लो पटक चितवनमा मात्रै ३५ जना संक्रमित भएका हुन।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जलि अस्पताल र राप्ती क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

काठमाडौंमा परिक्षण गरिएका स्वाब भने भरतपुर महानगरपालिका ,खैरहनि नगरपालीका , भरतपुर मेडिकल कलेज र इच्छाकामना गाउँपालिकाबाट संकलन गरि पठाइएको हो।
सोमबार राती ११ वजे सम्म गरिएको ३५३ वटा नमूना मध्ये ३३३ वटा नेगेटिभ आएको हो भने २० वटा नमुना पोजेटिभ आएको थियो ।

यस्तै जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणका लागि पठाइएका ७५५ नमुना मध्येबाट भरतपुरका २० जनाको रिपोर्ट पोजेटिभ आएको हो। ७५५ वटै स्वाबको रिपोर्ट आज साँझसम्ममा आउन सक्ने अस्पतालले जनाएको छ।

पछिल्लो समय चितवनमा अत्याधिक मात्रामा नमुना कलेक्कसन हुन थाले पछि परिक्षणको लागि काठमाडौं लगायत अन्य प्रयोगशालामा पठाउन थालिएको छ।

  • प्रकाशित मिति : भदौ १५, २०७७, सोमवार २३:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८